Logo

प्रिया भण्डारी र बद्री पंगेनी ‘भाउजुको हाईहाई’ लिएर दुवई जाने



धनराज वास्तविक : काठमाडौं, ८ साउन । चर्चित गायक बद्री पंगेनी र समुधुर आवाजकी धनी गायिका प्रिया भण्डारीको स्वरमा भाउजुको हाई हाई छ बोलको सन्देश मुलक तिज गीतले यतिबेला बजारमा तहल्का पिटिरहेको छ ।

एकछिनलाई हामी बर्दी र प्रियाको विगतलाई सम्झीन पुग्छौँ । कलाकार गायक बद्री पंगेनीलाई नचिन्ने सायदै मानिस होलान । अब रह्यो प्रिया भण्डारीको बारेमा ।

प्रिया भण्डारी यस्तो कलाकार हुन जसले आफै गाउँने,आफै नाच्ने कला भएकी गायिका हुन । उनको स्वरमा तयार भएका अधिकांश गीत बजारमा बिकेका छन् ।

उनी प्राय एकनारायण भण्डारीको लय शब्दमा गीत गाउछिन भन्दा अन्था नहोला । झुपडि पनि घरबार हुन्छ, झुमा, बुढिको फेशन, सोह्र वर्षे हो, मै पनि एमाले सै पनि एमाले जस्ता बहुचर्चित गीतकी मालिक पनि हुन प्रिया ।

समाजमा आएका नयाँ स्वर भन्दा भिन्न स्वर तथा हसिलो, रसिलो ईमान्दारीता, लगनशिलताको प्रतिमुर्ति भएरै होला छोटो समयमै प्रियाले ठुलै सफल्ता हात पारिन ।

यसै कला क्षेत्रको समुन्नत विकास र संरक्षण गर्नेमा जीवन समर्पण गर्ने प्रणका साथ अघि बढेकी गायिका भण्डारी यो वर्षको तिज गीत गायक पंगेनीसँगै दुवईमा मनाउने बताउछिन् ।

भाउजुको हाईहाई छ बोलको गीत यो समाचार तयार पार्दाकोसम्म दर्शकले  करिब ३ लाख पटक हेरिसकेका छन् । प्रदेशीको पीडा र बेदनाको छायालाई झल्काउन खोजिएको गीतमा आफुलाई जन्म दिने बाआमालाई अपहेलना गर्ने कुसंस्कारको विकास हुँदै गएकोमा कलाकार चिन्तीत देखिएको भान हुन्छ ।

श्रीमानले प्रदेशमा पशिनासँग जवानी साटेर कमाएको कमाई स्वदेशमा श्रीमतिले हिफाजि गर्न नसकेकोमा यस्ता अराजकतालाई रोक्नको लागि खबरदारी दिएका छन् ।

एकनारायण भण्डारीको लय शब्दमा तयार भएको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । राजेश घिमीरेको छायांकन तथा नविन घर्ती मगरको सम्पादनमा तयार भएको गीतमा शंकर बिसी र गायिका प्रिया भण्डारी कै रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्