Logo

चलचित्र ‘प्रेमगीत २’ को आक्रमक व्यापार सुरु



काठमाडौं, १४ साउन । हिजो देखि चलचित्र ‘प्रेमगीत २’ प्रदर्शनमा आएको छ। बर्षकै प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’ले सुरुवाती व्यापार आक्रामक कोर्णबाट सुरु गरेको छ ।

राजधानीका सिंगल र मल्टिप्लेक्समा दर्शकको उल्लेख्य सहभागीता देखिएको छ । सन्तोष सेनको निर्माणमा रामशरठ पाठकले निर्देशन गरेको चलचित्र प्रेमगीत २ लाई वर्षकै प्रतिक्षित चलचित्रका रुपमा लिएको छ ।

चलचित्र प्रेमगीत २ मा नायक प्रदिप खड्का, नायिका अश्लेषा ठकुरी लगायतका कलाकारको मुख्य भूमिकामा छन । निर्माण पक्ष्ँले जानकारी दिए अनुसार प्रेमगीतलाई दर्शकले जुन प्रकारले रुचाएका थिए त्यही अनुरुपमा प्रेमगीत २लाई पनि रुचाउने बुझिएको छ ।

कभर -चिरन्जीवी सापकोटा 



प्रतिक्रिया दिनुहोस्