![](https://reportersnepal.com/wp-content/uploads/2017/07/khim1-768x431.jpg)
कौरव खत्री: गुल्मी १५ साउनः गुल्मीका एक ६८ बर्षीय वृद्ध गिटी कुटेर आफ्नो दैनिकी चलाउदै आएका छन् । मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई निवासी ६८ बर्षीय वृद्ध खिम बहादुर नेपालीले विगत एक महिना देखि दैनिक गिटी कुटेर आफ्नो गुजारा चलाउदै आएका छन ।
वृद्ध नेपालीले भने,‘बुढेसकालमा अन्य कामगर्न नसक्ने र आँखा कमजोर हुदा कम देख्ने हुदा पनि हातको सहाराले जेनतेन स–साना ढुङ्गालाई कुटेर आफ्नो घरखर्च चलाउन केहि सहज भएको छ, खान बस्न पालिन मुस्किल छ।’
उनले अघि थपे,‘छोराछोरी भारतमा गएको पनि १०-१२ बर्ष भयो, उसले खासै सहयोग गरेको पनि छैन् यता दुईबुढाबुढी छौ, पालिनको लागि बुढेसकालमा गिटी कुट्न बाध्यता आईलागेको छ।
वृद्ध नेपालीले दैनिक ३-४ बोरा गिटी कुट्ने गरेको बताउछन्। प्रतिबोरा ७० रुपैयामा विक्रि वितरण गर्दै आएको उनको भनाई छ ।
तस्बिर – कौरव खत्री