Logo

गायिका शर्माको ‘नमुना जोडी’ तिज गीत बजारमा



काठमाडौं, १५ साउन । सांगीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायीका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली‘नमुना जोडी’ सार्बजनिक गरेकी छिन, बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फ्ल्म्सले गरेको छ।

जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन् । आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्द हरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ।

बुटवलकै कलाकार राज केसी, मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मीनूज ले नै नृत्य निर्देशकको भूमिका निभायका छन र सगुन शर्माको श्रीन्गार रहेको छ ।

बुटवलको चर्चित अम्रपालिमा छायांकन भएको भिडियोले दर्शकको मन जित्ने निर्माण पक्ष बताउछ । राजेन्द्र भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ । आजै मात्रै सार्बजनिक भएको ‘नमुना जोडी’ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस



प्रतिक्रिया दिनुहोस्