काठमाडौं २२ साउन ।रुपन्देहीबाट बालबालिका गायब हुने संख्या डरलाग्दो किसिमले बढ्दै गएको छ । पछिल्लो चार बर्षमा एक सय ३५ बालबालिका हराएका छन् ।
भारतसंगको खुल्ला सीमाका कारण बालबालिका बेचविखन हुने गरेको आशंका गरिएको छ । रपन्देहीको कालीदह नाका हुँदै बालबालिका भारत प्रवेश गर्ने गरेको पाईएको छ ।
केही महिनाअघि यही नाका हुँदै भारत प्रवेश गर्दे गरेका डेढ दर्जन बालबालिकालाई प्रहरीले उद्धार गरेको थियो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।