Logo

नेपालको विकासमा आइएफसीको सहयोग जारी रहने



काठमाडौँ, २६ साउन । गृहमन्त्री जनार्दन शर्माले नेपालका लागि अन्तर्राष्ट्रिय वित्तीय संगठन (आइएफसी)का प्रतिनिधि रेहमान रशिदसँगको आजको शिष्टाचार भेटमा आइएफसीले नेपालको आर्थिक विकासमा पु¥याएको सहयोगका लागि धन्यवाद दिँदै सो सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा रशिदले नेपालको विकासका लागि आफ्नो संगठनको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । आइएफसीले नेपालमा सन् २००८ देखि पर्यटन, ऊर्जा, भौतिक संरचना निर्माण, आर्थिक बजारलगायत क्षेत्रको विकासका लागि काम गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्