काठमाडौ, २६ साउन । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराज र राष्ट्रिय जनता दल नेपालका शिर्ष नेताहरुविच भेटवार्ता भएको छ ।
भेटवार्ताको लागि स्वराजले आफू बसेको होटल सोल्टीमा रात्रीकालिन खानासहित उनीहरुलाई बोलाएकी हुन ।
भेटको लागि राजपा अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवसहितका नेताहरु होटल सोल्टी पुगेका छन ।
भेटवार्तामा नेपालमा संविधान संसोधनको मुद्दा, राजपाले उठाईरहेको मागहरु र निर्वाचनको विषयमा छलफल हुने महेन्द्र राय यादवले जानकारी दिए ।
भारत संविधान संसोधन भएर राजपासहित निर्वाचन हुनु पर्ने पक्षमा छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी स्वराजले प्रधानमन्त्रीको सन्देशसहित राजपा नेताहरुलाई ति विषयहरुमा भारतको आधिकारिक धारणा बताउने बताईएको छ ।