Logo

भोलि बिहान ७ बजे मन्त्रिनिवासमा ताला लगाईने, चुनौतिको सामना गर्न यूवाहरु तयार



काठमाडौं, २९ साउन । कोशीब्यारेजका ढोका खोल्नको लागि दवाफ स्वरुप भोलि विहान ७ बजे मन्त्रीनिवासमा ताला लगाईने भएको छ। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुलुकका कान्छा पत्रकारको नामले चिनिएका सुजन आचार्यले यस्तो जानकारी दिएका हुन् ।

आचार्यको नेतृत्वमा नायक सोभित बस्नेत, खर्जुन भण्डारी लगायतका व्यक्तिको साथ रहने जानकारी दिएका छन् ।  राजधानीको गौरीघाट स्थायी घर भएका १६ बर्षिय सुजन आचार्यले भने,‘तराई जलमग्न छ, ठुलो जनधनको क्षेति भएको छ, कोशीब्यारेजले आधा मुलुक डुबेको छ, यता सरकार रमिता हरेर बसेको छ।’

उनले भने,‘सामाजिक सञ्जालमा स्टाटस राखेर संवेदना दिनुको कुनै अर्थ छैन्, हामीले काम गर्नुपर्छ, शरिरमा तातो रगत भएका व्यक्तिहरु भोली  बिहान ७ बजे मन्त्रिनिवास हरिहरभवन ललितपुरमा आउनुस्, त्यहाँ आउने व्यक्तिले ज्यानको प्रवाह नगरि आउनु होला, हामी देशको लागि यो दवाफ दिदैछौँ।’

सुजनले अघि थपे,‘नेपालको शासन भारतबाट सञ्चालन भएपनि हामी हाम्रो शासन व्यबस्था हाम्रै मुलुकबाट चलाउन चाहान्छाँ, कोशी थुनिदा देश डुबेको छ, भोलि बिहान हरिहर भवन बन्दहुँदा तपाईलाई कस्तो हुन्छ? त्यो मन्त्री र सरकारलाई अनुभुत गराउन हामी त्यहाँ जादैछौँ ।।’

त्यस्तै कार्यक्रममा नायक सोभित बस्नेतले सुजन आचार्यको कुरामा ऐक्यबद्धता जनाएका छन् । उनले भने,‘सुजन भाईका क्रियाकलापलाई मैले पहिले देखिनै पढ्दै आएको छु, सबै जनता चुप बसेका छैनन्, भन्ने एउटा उदाहरण हामी भोलि विहान हरिहर भवनमा जादैछौँ, तपाई पनि साथ दिनुस्, मेरो पूर्णसाथ छ।’

गएको माघ २७ गते शनिबारको दिन सरकारी गाढि चलाएको भन्दै सुजन आर्चाले प्रचण्ड सरकारका गृहमन्त्री विमलयन्द्र निधिको गाढि रोक्दा गौशाला प्रहरी चौकीमा थुनिएका थिए। कार्यक्रममा अजुर्न भण्डारीले तराईको संवेदनशिलताको हल गर्न र सरकारलाई दवाफ दिनको लागि सबैमा अनुरोध गरेका छन्।’



प्रतिक्रिया दिनुहोस्