Logo

बाँधको ढोका खोल्न भारत सरकार तयार



काठमाडौँ, २९ साउन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

आज साँझ भएको उक्त टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराउनुभएको थियो ।

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्को यस घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्