Logo

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारु



चितवन, ३० साउन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ । सो सडकखण्ड अन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो ।

सो सडकखण्डमा शुक्रबार दिउँसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्