Logo

सरकारले उद्धार तथा राहत वितरणमा सरकारले ढिलासुस्ती गरेको छः नेता खनाल



सुर्खेत, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदासमेत सरकारले युद्धस्तरमा काम नगरेको बताए ।

उहाँले नेपाल–भारत सीमा नदीमा भारतले बनाएको बाँधले तराई डुबानमा परेको बताउनुभयो । वर्षात् हुने क्रम जारी रहेकाले तत्काल सिमानामा बनाइएका बाँधका ढोका खोल्न भारत सरकारसँग संवाद थाल्न पनि उहाँले सरकारसँग आग्रह गरेका छन्। यस्ता समस्या भविष्यमा आउन नदिन दीर्घकालीन योजना बनाउन भारतसँग नेपाल सरकारले कूटनीतिक पहल थाल्न आवश्यक रहेको उल्लेख गरे ।

आगामी माघ ७ गतेसम्म बाँकी दुई चरणका निर्वाचन गरिसक्नुपर्ने बाध्यता भए पनि सरकार संवैधानिक संकट निम्त्याउने खेलमा लागेको आरोप लगाए ।संविधान संशोधन गर्नै नहुने पक्षमा एमाले नरहेको स्पष्ट पार्दै नेता खनालले संविधान कार्यान्वयनभन्दा सरकारले संशोधनलाई प्रमुख एजेण्डा बनाएर समय खर्चिरहेको बताए ।

एक्काइसौँ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा.गोविन्द केसीका माग सम्बोधन नगरिनु दुःखद भएको टिप्पणी गर्दै सरकारलाई तत्काल के.सीका मागप्रति संवेदनशील भएर वार्ता गर्न आग्रह गरे । रासस



प्रतिक्रिया दिनुहोस्