ऋषि धमला । बीसौं शताब्दीको मध्यतिर सँसारभर उपनिवेशनविरूद्धको क्रान्तिले उचाई लिन सक्यो । यूरोपका विभिन्न मुलुकले एशिया र अफ्रिकामा फैलाएको उपनिवेश संकटमा प¥यो । ब्रिटिशले उपनिवेश बनाएको भारतमा स्वतन्त्रताको लहर चलेको थियो ।
महात्मा गान्धीको भद्र अवज्ञा आन्दोलनको बलले ब्रिटिशलाई सन् १९४७ मा भारत छाड्न वाध्य पा¥यो । भारतको स्वतन्त्रता संग्रामको सफलताले विश्वभर अहिंसात्मक आन्दोलन सफल हुने सन्देश गयो । भारत र छिमेकी देशहरूका लोकतन्त्रवादीहरू समेत होमिएकाले स्वतन्त्रता आन्दोलनले पृथक परिचय बनाउन सक्यो । स्वतन्त्रता आन्दोलनले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत पा¥यो । नेपालका नेताहरूले भारतको स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागिता जनाए । वीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी जस्तो नेताहरूको स्वतन्त्रता आन्दोलनमा खेलेको भूमिकाले दुई देशमा राजनीतिक, सामाजिक, आर्थिकलगायत सबै तहमा बलियो सम्बन्ध बन्ने आधार बन्न गयो ।
नेपालमा भएका लोकतान्त्रिक आन्दोलनहरूमा भारतको सहयोग रह्यो । राणा शासन अन्त गर्ने आन्दोलनमा भारतीय नेताहरू सहयोगी बने । २००७ सालको क्रान्तिमा जवाहरलाल नेहरू, जयप्रकाशनारायण, राममनोहर लोहिया जस्ता नेताहरूले विशेष सहयोग पु¥याएको इतिहास साक्षी छ । पञ्चायतको अन्तमा पनि भारतीय नेता चन्द्रशेखरलगायत नेपाल आएरै सहयोग गरे । निरंकुश राजाको प्रत्यक्ष शासन अन्त गर्ने २०६२÷६३ सालको जनआन्दोलनमा भारतीय नेता र जनताले विशेष सहयोग गरे । नेपालको लोकतन्त्रमा भारतले पु¥याएको सहयोग नेपाल र नेपालीका लागि अविस्मरणीय बन्यो । नेपालमा संकट आउँदा भारतले सधै सहयोगी हात फैलाएको छ ।
२०७२ सालको विनाशकारी महाभूकम्प लगत्तै भारतले उद्धार र राहतमा हेलिकोप्टर देखि तत्काल राहत पठाएर असल छिमेकीको कर्तव्य पूरा ग¥यो । भारतीय जनताको तहबाट उत्तिकै पुननिर्माणमा भारतले एक खर्बभन्दा बढी रकम दिने घोषणा गरेको छ । यसबाट भारत दिलदेखि नेपालको हित चाहन्छ भन्ने बुझ्न सकिन्छ ।
भारत र नेपालबीच सदीऔं पुरानो ऐतिहासिक सम्बन्धका अनेकन आयामहरू छन् । दुवै देशको राजनीतिले एक अर्कालाई प्रभावित पार्दै आएको छ । दुवै देशबीच भूगोलमात्र जोडिएको छैन सांस्कृतिका समानता पनि छ । नेपालको हिमाली भागलाई दक्षिण एशियाकै ‘वाटर टावर’ भनिन्छ । नेपालका नदीहरूबाट भारतको अधिकांश कृषि योग्य भूमि सिचिंत हुन्छ । गंगा नदीका छेउछाउका अधिकांश जमिन नेपालबाट बग्ने नदीमा भर पर्छन् । नेपालको मनसुन बँगालको खाडीसँग सम्बन्धित छ । प्राकृतिक सम्बन्धलाई मानिसले खलबलाउन सक्ने परिस्थिति पनि छैनन् ।
तर, समय सापेक्ष सम्बन्धबाट दुवै देशले जति लाभ लिन सक्नुपर्ने हो लिन सकेको देखिदैन । भूगोल र जनताबीचको सम्बन्धलाई संस्कृतिले अझ मजबुत बनाएको छ तर राजनीतिक तहमा आउने समस्याहरू बेलैमा समाधान नहुँदा दुवै देशले मूल्य चुकाउनुपरिरहेको छ । यसतर्फ दुवै देशको जिम्मेवार पक्षले ध्यान दिन जरूरी छ ।
नेपालको विकासमा भारतले सधै सक्दो सहयोग पु¥याउँदै आएको छ । वर्षेनी शिक्षा, स्वास्थ्यका अलावा पूर्वाधार निर्माणमा भारतको विशेष योगदान छ । नेपालको जिम्मेवार निकायमा भारतमा अध्ययन गरेर आएकाहरू उल्लेख्य संख्यामा छन् । सहज आवत्जावत् गर्न सकिने मात्र नभई नेपालीलाई भारतमा गरिने सकारात्मक व्यवहारले पनि सम्बन्धको जग बलियो छ । शिक्षा र रोजगारीको गन्तव्य भारत बन्दै आएको छ । यसले पनि द्विपक्षीय सम्बन्धको व्यवहारिक पक्ष र घनिष्ठताबारे बुझ्न सकिन्छ । निकट छिमेक भएकाले कहिलेकाहीं तीतोमीठो भइरहेपनि नेपालका लागि भारत सबैभन्दा निकट र घनिष्ठ मित्र हो भने भारतका लागि पनि नेपाल सधै विशेष मित्र हुनेगरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकहरूमा नेपाल विशेष हो भनी नेपाल भ्रमणका बखत बताइसकेका छन् । भारतको विदेशनीतिमा छिमेकी प्रथम अनुसार नेपालले उच्च महत्व पाउनु र नेपालको राजनीतिक नेतृत्व देखि सरकारी अधिकारीहरूको भ्रमण भइरहनुले पनि सम्बन्ध विशेष रहेको पुष्टि हुन्छ ।
भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालप्रति चासो र सहयोगमा वृद्धि भएको छ । मोदी युवा अवस्थामा समेत नेपाल आउनेजाने गर्थे । प्रधानमन्त्री भएपछि उनले १७ वर्षयता नभएको भारतको प्रधानमन्त्रीस्तरीय भ्रमणमा पूर्णविराम लगाइदिए । उनी दुईपटक नेपाल आइसकेका छन् र पुनः आउन इच्छुक छन् । उनको अबको भ्रमण अरुण तेस्रो परियोजना निर्माणको शिलान्यास र धार्मिक स्थलको भ्रमणको उद्देश्यले हुनेछ । मोदी नेपालप्रति निकै सकारात्मक छन् । नेपालको शान्ति, स्थायित्व र विकासमा विशेष जोड दिएर सबैलाई काम गर्न निर्देशनहरू दिदै आएका छन् । नेपालस्थित भारतीय राजदूतावासमा रहेका उच्च अधिकारीहरूले समेत मोदीले नेपालबारे गहिरो जानकारी राख्ने गरेको खुलाउने गरेका छन् । भारतीय राजदूत मञ्जिभ सिंह पूरीले मोदीको नेपालमा विकासमा प्राथमिकता रहने गरेको बताएका छन् ।
नेपालमा मोदीको सूत्र समृद्धी, राजनीतिक स्थायित्व र विकास भएको पुरीले बताउँदै आएका छन् । नेपालसँगको भएका विकासका सम्झौताहरूको कार्यप्रगतिबारे बेला बेलामा जानकारी लिने गरेको उल्लेख गर्छन् । मधेशको हुलाकी मार्ग, रेगमार्ग निर्माणमा मोदीको विशेष चासो छ । पञ्चेश्वर परियोजनाको डिपिआर जतिसक्दो छिटो तयार गर्न आवश्यक कार्यलाई गति दिन निर्देशन समेत दिएका छन् । मोदी कार्यकालमा अरुण तेस्रो जलविद्युत आयोजनामा लगानीको सुनिश्चितता भयो । यसबाट मोदीयुग नेपालको विकासका लागि सूवर्ण अवसर बन्न सक्छ । त्यसका लागि नेपालका नेताहरूले मोदीलाई चिन्न सक्नुपर्छ र उनको नेपालप्रतिको मायाको बदला सम्मानभाव देखाउनुपर्छ ।
मोदीले नेपाललाई यति धेरै माया गरेपनि नेपालका नेताहरूले उनलाई बुझ्न नसकेको गुनासो भारतीय पक्षबाट आउने गरेको छ । सवा अर्ब जनसंख्या भएको देशको प्रधानमन्त्रीले नेपालको सामान्य भन्दा सामान्य घटना र विकासका कामको हेक्का राख्नुले पनि उनको सदाशयता र सकारात्मक चाहना बुझ्न सकिन्छ ।
नेपालले छिमेकको समृद्धिबाट लाभ लिन नेताहरूमा कुटनीतिक सुझबुझको आवश्यकता पर्दछ । समृद्ध नेपाल देख्ने चाहना मोदीले नेपाल भ्रमणका बखत व्यक्त गरेका थिए । भावुक हुँदै नेपालको खुलेर प्रशंशा गरे । नेपाललाई यति धेरै माया गर्ने मोदीयुगमा धेरै सम्भावनाहरू देखिएका छन् । तिनको सही सदुपयोग गर्न जरूरी छ । छिमेकलाई दोष दिएर उम्कन खोज्ने प्रवृत्ति नेपालमा हावी छ । यसमा परिवर्तन आउनुपर्छ ।
नेपालमा धेरै सम्भावना र चुनौतीहरू छन् । पटक पटक राजनीतिक व्यवस्था परिवर्तन हुन्छ तर संस्थागत गर्न कठिन हुन्छ ।
यसको एउटा मुख्य पाटो आर्थिक विकासमा देशलाई केन्द्रित गर्न नसक्नु एउटा नै हो । अनावश्यक राजनीतिक झमेलामा अल्मलदा देशमा भएको स्रोत र साधनको यथोचित् सदुपयोग हुन सकेको छैन । दक्ष जनशक्ति पलायन भइरहेका छन् । देश सधै गरिब मुलुकको सूचीमा रहने अवस्था बनिरहेको छ । छिमेकसँगको सम्बन्धलाई सकारात्मक ढंगले बढाउन नसक्नु र छिमेकबाट लिन सक्नुपर्ने लाभ लिन नसक्नुले पनि नेपाललाई पछि पारिरहेको छ । सुन्दर देश भइकन आर्थिक समृद्धी हासिल गर्न नसक्नुमा छिमेकको साथ लिन नसक्नु एउटा कारण हो । यसका लागि नेतृत्वले गम्भीरता देखाउन सक्नुपर्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीका रूपमा र नेपालका प्रभावशाली नेताको रुपमा पटक पटक भारत गएका छन् । तर, यसपटक भारतको स्वतन्त्रता दिवसलगत्तै हुने उनको भ्रमण विशेष हुनेछ । देउवा भारतलाई विश्वासमा लिएर देशमा विकासका कार्यक्रम बढाउन चाहिरहेका छन् । विगतमा देउवा प्रधानमन्त्री हुँदा नै २२ वर्षअघि महाकाली सन्धी भएको थियो । आफूसँग बहुमत नहुँदा पनि दुई तिहाई पु¥याएर सन्धी संसदबाट पारित गर्न सकेकाले देउवा अंकगणितको राजनीतिमा सफल मानिन्छन् ।
सन्धी अनुसार काम अगाडि बढेको भए पञ्चेश्वरको निर्माण भइसक्नुपर्नेमा दुई दशक बितिसक्दा पनि पञ्चेश्वर परियोजनाको डिपिआर समेत बनेको छैन । भारतसँग मिलेर गर्नुपर्ने धेरै विकासका कामतिव्र गतिमा बढाउनुवर्ने आवश्यकता छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल र भारतको सम्बन्धमा अविश्वास हटिसकेको र शेरबहादुर देउवा र प्रचण्डबीचको गठबन्धनले विश्वासको जग बलियो बनाएको बताएर गइन् । यसबाट देउवा र प्रचण्ड आन्तरिक राजनीतिमा प्रभावशाली भएको र भारतको समर्थन जुटाउन समेत सफल भएको देखिन्छ ।
देउवाले भारतसँग सुमधुर सम्बन्ध राखेर जान सकेमा सम्बन्धको नयाँ अध्याय शुरू हुनाका साथै राजनीतिक अस्थिरता हटेर नेपालको उन्नति प्रगति हुनसक्छ । देउवाको यो भारत भ्रमण चुनौती र सम्भावनाको दोशाँधमा उभिएको छ । चुनौतीको सामना गर्न सक्ने खूबी उनमा छ । बलियो जनमत प्राप्त प्रधानमन्त्रीका रूपमा देउवा देखिएका छन् । एमालेबाहेकका सबैजसो दलको समर्थन लिनसक्ने परिस्थिति बनेको छ । भाग्य चम्किलो भएका देउवा भारतसँगको घनिष्ठ सम्बन्धको कारणले सुदुरपश्चिमको विकासमा कायापलट नै गरिदिए । उनले भारत जानु अघि संविधान संशोधन पारित गरेर चमत्कार गर्न सके उनको राजनीतिक भविष्य झन् बलियो हुनसक्छ ।
देउवाले मोदीसँगको वन टु वन वार्तामा हाल रहेका भारतसँगको केही समस्या समाधान गरेर जान सके, भारतको नेपालप्रतिको शंका उपशंका हटाउन सके देउवा बलियो र विश्वासिलो नेताका रूपमा सधै रहन सक्छन् । उनीसँग भएको क्रियाशिलता र बढ्दो आत्मविश्वालाई नेपालको हितमा प्रयोग गर्न सके नेपाल र नेपालीको हित हुन्छ नै उनको दल नेपाली काँग्रेस समेत आगामी चुनावमा पहिलो दल बनाउन सके चुनौतीको पहाडबाट उम्कन सक्छन् । देउवा मोदी भेट यस्तो अवस्थामा हुँदैछ जतिबेला नेपालको लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने निर्वाचन नजिकिदैछ ।
नेपालको हरेक आन्दोलनमा सहयोगी बन्दै आएको र चुनावमा समर्थन गर्दै आएको मित्रराष्ट्र भारतले यसपटक नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने चुनाव सम्पन्न गर्न कस्तो सन्देश दिन्छ ? प्रतिक्षाको विषय छ । देउवा र मोदीबीच भ्रमणपछि केमेष्ट्रि मिल्यो भने दुवै देशको हित हुन्छ । मोदीलाई देउवाले पुनः नेपाल भ्रमण गराएर अविश्वासको जालो तोड्न सकेर मोदीले पहिलोपटक नेपाल भ्रमण गर्दाको जस्तै सम्बन्ध बनाउन सके भने मात्र देउवाको भ्रमण नेपाली राजनीतिमा कोसेढुंगा सावित हुन्छ ।