Logo

बन्द अस्पताललाई मेडिकल कलेजको सम्बन्धन



काठमाडौं ५ भदौ ।
त्रिभुवन विश्वविद्यालयले सञ्चालनमै नभएको अस्पताललाई मेडिकल कलेजलाई सम्बन्धन दिएको पाइएको छ । घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिइएको छ । सम्बन्धन दिनका लागि कम्तिमा तीन सय वेडको अस्पताल पुर्ण रुपमा सञ्चालनमा आएको हुनु पर्दछ ।

त्रिविका रेक्टर सुधा त्रिपाठीले साउन १२ मा बसेको कार्यकारी परिषद्को बैठकले सम्बन्धन दिएको बताइन् । हालै एमालेमा प्रवेश गरेका नेता बसुरुदिन अन्सारीको लगानी रहेको उक्त मेडिकल कलेजले सम्बन्धन त पायो । तर, अस्पताल भने सञ्चालनमा छैन । अस्पताल एक बर्षदेखि बन्द छ ।

९ तला अग्लो अपार्टमेन्ट भवनलाई अस्पतालका हरेक कोठाको बाहिर विभिन्न विभाग लेखिएको छ । भित्र बेड छ । तर, बाहिर ताल्चा लगाइएको छ । रिपोर्टिङको क्रममा आइतबार मध्यान्ह अस्पताल पुग्दा सुनसान थियो ।

लामो समयदेखि यसै प्रकारको विकृतिको बिरुद्ध डा. गोविन्द केसीले संघर्ष गर्दै आएको हो । तर, उनको आन्दोलन र नियम कानुनकोसमेत खिलापमा गएर त्रिविविले सम्बन्धन दिएका हुन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्