Logo

हुम्लामा चोरी



हुम्ला, ५ भदौ । सदरमुकाम देखि उत्तरी भेगमापर्ने नाम्खा गाउँपालिका अन्तर्गत वडा नं ३ लामा खोलसीको पुरानो कुन्साङ छोइलिङ गुम्बामा साउन २७ गते राति चोरी भएको छ ।

चाँदी १५० तोला र पुराना ताला दुई जोर, पुराना गलैँचासमेत गरी करिब रु १३ लाख २५ हजार बराबरको सामान चोरी भएको मुचुल्कामा देखिएको स्थानीय धारापोखरीस्थित प्रहरी चौकीले जनाएको छ ।

चोरी भएपछि पुजारी ठिल्ले दोर्जे लामालेअनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्