Logo

धनुषामा पुजा दासको चुल्ठो काटियो, महिला र युवती त्रासमा



काठमाडौ, ६ भदौ ।धनुषाको जनपुर उपमहानगर पालिका वडा नम्बर १५ निवासी चन्द्रश्वर दासकी श्रीमती पुजा दासको आज बिहान साढे ११ बजे चुल्ठो काटिएको छ । धुनुसाका एस.पि लालमणी आचार्यका अनुसार हिजो र आज गरेर धनुसामा ४ जना महिलाको चुल्ठो काटिएको छ ।

एस.पि आचार्यले रिपोर्टर्स क्लब नेपालसँगको कुराकानिमा भने,‘हिजो रातीमात्रै पनि एक जना महिलाको चुल्ठो काटिएको छ, हामी घटना स्थलमा गयौँ, र त्यहाँ सुस्मिता पासवान खाना पकाएर बाहिर निस्किन, त्यसपछि हात मुख धोएर भित्र आउदा एक्कासि कपाल छैन ।’

उनले अघि थपे, ‘यस्तो स्थितिमा गाउँनै तर्सित छ, हामीले कुनै जिवाणुको कारण हो कि भनेर स्वास्थ्य क्षेत्रका विज्ञलाई बुझ्नको लागि अनुसान्धान गर्न भनेका छौँ, अहिलेको घटना बुझ्नको लागि टोली जादैछ ।’

भारतको राजस्थान, उत्तर प्रदेश, बिहारहुँदै नेपालमा भित्रिएको महिलाको चुल्ठो काट्ने घटनाले पर्सा,बारा र धनुषाका महिला र युवतीमा त्रासमा छन् ।

साउन २९ गतेदेखि भदौ ६ गतेसम्म पर्सा, बारा र धनुषामागरी २४ महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आइसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्