काठमाडौं ७ भदौ । मानव तस्करको सेटिङमा फसेर खेलाडीका रुपमा रसिया हिँडेका १४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको छ ।
काठमाडौंस्थित रसियाली दूतावासबाट भिसा पाएका उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले साउन २५ मा फिर्ता (अफलोड) गरेको हो ।
मानव तस्करले जनही कम्तीमा ३ लाख लिई ती युवालाई मस्को पु¥याउन सेटिङ गरेको स्रोतले बतायो । मस्को पुगेपछि उतैका मानव तस्करलाई थप रकम दिएर अन्य युरोपेली देश छिराउने सर्त थियो ।
अध्यागमनले ती युवासँग राष्ट्रिय खेलकुद परिषदको पत्र नभएपछि अफलोड गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट