Logo

बाढीबाट एक अर्ब ३७ करोड २० लाख बराबर क्षति



भद्रपुर, ७ भदौ । गएको साउन महिनाको अन्तिम सातामा झापामा आएको बाढी तथा अविरल वर्षाका कारण जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं १ गैँडे अन्तर्गतका नदीलाई पूर्व अवस्थामा ल्याउन एक अर्ब ३७ करोड २० लाख बराबर खर्च लाग्ने जनाएको छ ।

तत्काल सबै नदीको संरचनामा मर्मतमा रु २४ करोड ७० लाख खर्च लाग्ने बताइएको छ । जसमा मावा नदीमा रु २१ करोड ५५ लाख, कन्काई नदीमा रु ५० करोड ४५ लाख, कमल नदीमा रु १३ करोड, विरिङ नदीमा रु ११ करोड र रतुवा नदीमा रु ४१ करोड २० लाख नदी नियन्त्रण एवं व्यवस्थापनमा खर्च लाग्ने सो कार्यालयबाट थाहा भएको छ ।

यसैगरी, जन उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय न १ अन्तर्गत झापामा सोही बाढी र वर्षाका कारण नौवटा योजनामा रु एक करोड ८९ लाख, खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय चन्द्रगढीअन्तर्गतका १९ वटा योजनामा रु छ करोड ३४ लाख तथा सडक डिभिजन कार्यालय अन्तर्गत पुल एवं सडकमा रु ४९ करोड तीन लाखबराबरको क्षति भएको सम्बन्धित कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्