Logo

हाइलेभल डेलिगेसनसहितको जोईन्ट मिटिङ सम्पन्न, अरुण ३ शिलान्यास गर्न मोदी नेपाल आउने



ऋषि धमला, नयाँ दिल्ली, ८ भदौ । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नेतृत्व गरेको उच्चस्तरीय टोलीबीचको संयूक्त बैठक सकिएको छ ।

नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा भएको सयूक्त बैठकमा नेपाल र भारतबीच रहँदै आएका सम्पूर्ण समस्याको विषयमा छलफल भएको परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार बैठक सबै खाले क्षेत्रीय र द्धिपक्षीय समस्या समाधानको लागि दुबै पक्ष मिलेर अघि बढ्ने, नेपाल र भारतबीच पछिल्लो समयमा बनेको विश्वासको बातावरणलाई अझै दह्रिलो बनाउँदै द्धिपक्षीय सहयोग र सहकार्यलाई अभिबृद्धि गर्ने सहमति भएको छ ।

त्यसैगरी भारतले नेपालको आर्थिक समृद्धिको यात्रामा आवश्यक सबै खाले सहयोगलाई जारी राख्ने प्रतिबद्धता छलफलमा ब्यक्त गरेको छ ।
बैठकमा कोशी, गण्डक बाँधसहित सीमा क्षेत्रमा बनाईएका बाधहरुको समस्या समाधान गर्दै नेपाल र भारतको सीमा क्षेत्रमा हुने बाढीको दिर्घकालिन समाधानको लागि उच्चस्तरीय संयूक्त संयन्त्र निर्माण गर्ने, लामो समयदेखि रोकिएको पञ्चेश्वर परियोजनालाई अघि बढाउने, नेपालको उर्जा विकासमा भारतले सक्दो सहयोग गर्ने लगायतका सहमति पनि भएको छ ।

स्रोतका अनुसार भेटवार्तामा भारतीय लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने सहमति पनि भएको छ ।



प्रतिक्रिया दिनुहोस्