Logo

नेवि संघद्धारा राहत तथा स्वास्थ्य शिविर सञ्चालन



काठमाडौं, १० भदौ । नेपाल विद्यार्थी संघका  नेता दिपक भट्टराईको नेतृत्वमा नेवि संघका केन्द्रिय सदस्यहरु महोत्तरीमा राहत वितरण गरिएको छ । महोत्तरीको लेउरी वडा नं. ७ का ३४ घर परिवारको लागि राहतसँगै निशुलक स्वास्थ्य शिविर सञ्चालन गरिएको नेता भट्टराईले जानकारी दिए ।

नेवि संघ काठमाडौ जिल्ला कार्यसमिती, नेवि संघ सिन्धुपलाञ्चोक जिल्ला कार्य समिति, नेवि संघ पूर्वाञ्चल विश्वविद्यालय समन्वय कमिटि, नेवि संघ पाटन संयूक्त क्याम्पस ईकाइ समिति, नेवि संघ पोखरा विश्वविद्यालय समन्वय कमिटि, नेवि संघ त्रिचन्द्र क्याम्पस कमिटी लगायत  नेवि संघका केन्द्रिय सदस्यहरु,  नेता कार्यकर्ताहरु राहतमा संकलन तथा वितरणमा जुटिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्