Logo

प्रधानमन्त्रीको भारत भ्रमणको समिक्षा गर्न एमाले स्थायी समितिको आकस्मिक बैठक



काठमाडौ, १० भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणको समिक्षासहित पार्टीको धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटीको आकस्मीक बैठक बस्ने भएको छ ।

अहिले केही बेरमा बस्ने बैठकले प्रधानमन्त्रीले संयूक्त पत्रकार सम्मेलनको क्रममा दिएको अभिब्यक्ति र भ्रमणका क्रममा भएका सम्झौताको विषयमा समिक्षा गरेर आफ्नो धारणा सार्वजनिक गर्ने छ ।

एमाले बरिष्ठ नेता झलनाथ खनालले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा नेपालको आन्तरिक मामिलामा प्रधानमन्त्रीले भारतमा गएर बोलेको कुरा अत्यन्तै आपत्तिजनक र राष्ट्र हित विपरित रहेको बताए । उनले प्रधानमन्त्रीको भ्रमणमा जारी संयूक्त बक्तब्यमा आएको कोशी बाँधको विषय पनि आपत्तिपूर्ण रहेको प्रतिक्रिया दिए ।

स्रोतका अनुसार नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सम्झौता र आएको अभिब्यक्ति लगायतका विषयलाई लिएर प्रधानमन्त्रीको राजिनामा माग्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्