Logo

निजी क्षेत्रको समस्या समाधानमाका लागि प्रधानमन्त्रीले भ्रमणमा कुरा राख्न सक्नु भएनः घिमिरे



काठमाडौ, १० भदौ । प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एवम नेपाल एलपी ग्यासँ संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भ्रमणमा निजी क्षेत्रले भोग्दै आएको समस्या समाधानका दृष्टिकोणले उपलब्धहिन बनेको टिप्पणी गरेका छन । ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्ष घिमिरेले भने,‘ सद्भाव भ्रमण मात्रै भएको भए निजी क्षेत्रलाई लानु नै हुँदैन थियो । सद्भाव भ्रमण होईन भने हाम्रा समस्यालाई ठोस रुपमा उठाउनु पर्दथ्यो ।’

नेपालको पक्षमा ग्यास उद्योगीहरुको समस्यालाई राखिएपनि उनीहरुले प्राविधिक विषय भन्दै पन्छाएको तर नेपालले त्यसमा कुनै अडान लिन नसकेको बताए । उनले भने,‘ हामीले समस्या भन्यो, उहाँहरुले सुन्नु भयो तर कुनै जवाफ र निर्णय आएन ।’

घिमिरेले सरकारले समस्या समाधान गर्न नसक्ने हो भने आफूहरुले खरिद गरेको ग्यास बुलेटको क्षतिपूर्ति राज्यले दिनु पर्ने अन्यथा अनुमति दिलाउनको लागि ठोस पहल गर्नु पर्ने माग गरे । उनले निजी क्षेत्रको समस्या समाधानमा सरकारको तयारी कमजोर रहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्