Logo

प्रधानमन्त्रीको भारत भ्रमणबारे कुरा काट्नुु गलतः मन्त्री बस्नेत



शरद रेग्मी

दाङ, १ भदौ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्वन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले आज आइतवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री बस्नेतले प्रधानमन्त्री शेरवहादुर देउवाको भ्रमणका सवालमा भिन्न ढंग कुरा उठाउनु गलत भएको बताएका हुन।

प्रधानमन्त्रीको भ्रमणको क्रममा पुराना सन्धि सम्झौंताहरुको मात्रै पुनराबलोकन भएको तर, नयाँ सन्धि सम्झौंता केही नभएको मन्त्री बस्नेतले दाबि गरे ।

मन्त्री बस्नेतले अघि थपे,‘प्रतिपक्षी हुँ भन्दैमा राष्ट्रियताको सवालमा मनपरी बोलेर राजनीति गर्नु जाहेज होईन, मेरो एमाले पार्टी र नेता कार्यकर्तालाई आग्रह छ ।’

त्यस्तै उनले सरकार अल्पमतमा छ वा यसको विकल्प शुरु भइसकेको छ भन्नु गलत हुने बताए । मन्त्री बस्नेतले भने,‘अक्कल झुक्कल र आंशिक रुपमा कुरा चल्नुको अर्थ छैन, यो सरकार परिवर्तनको जमिन बनेको छैन ।’

रिपोर्टस क्लब नेपाल दाङका अध्यक्ष शरद रेग्मीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले अहिले १० प्रतिशत असन्तुष्टहरु पनि सहमतिमा आएको हुँदा प्रदेश र संघको निर्वाचन एकै चरणमा हुने विश्वास व्यक्त गरे ।

२०७४ लाई जनप्रतिनिधी चुन्न पाउने खुसीको बर्ष भएको बताउदै बस्नेतले भने ‘संविधान कार्यान्वयनको वर्ष, नेपाली जनता बीचको एकताको बर्ष र खुसीको बर्ष हो ।’

एकात्मक राज्य प्रणालीमा चलेको कर्मचारी संयन्त्र अहिले संघीय संरचनामा जाँदा व्यवस्थापनमा केही समस्या भएपनि दशैं अगाडि सम्म कर्मचारी व्यवस्थापन गरिसक्ने उहाले बताएका छन् ।

यसैबिच तुल्सीपुर उध्योग बाणीज्य संघले दाङको बिकासका लागी सहयोग गर्न सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतलाइ आग्रह गरेको छ ।
बाणीज्य संघमा आज बिहान गरीएको मन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा उध्योग बाणीज्य संघ अध्यक्ष बिरबहादुर रावतले दाङ सहीत सम्पूर्ण राप्तीको बिकासमा भुमीका खेल्न आग्रह गरेका छन् ।

उक्त अबसरमा दाङको समग्र बिकाशका लागि तयार पारिएको ज्ञापन पत्र मन्त्री बस्नेतलाई बुझाइएको थियो । ज्ञापन पत्र बुझदै मन्त्री बस्नेतले दाङ सहित समग्र राप्तीको बिकाशका लागि आफु कटिवद्ध रहेको बताए ।

कार्यक्रममा संघका निर्बतमान अध्यक्ष बिमल रिजाल, बरिष्ठ उपाध्यक्ष राम प्रशाद चालीसे लगाएतले आफ्ना कुरा राखेका थिए । कार्यक्रमको संचालन महासचीव रुप बहादुर खत्रीले गर्नु भएको थयो । तस्बिर–शरद रेग्मी

 

 



प्रतिक्रिया दिनुहोस्