Logo

गोविन्द केसीले फेरी दिए यस्तो चेतावनी



काठमाडौं १२ भदौ । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले फेरी अनशन बस्ने चेतावनी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि असन्तुष्ट रहेका डाक्टर केसीले पुन सत्याग्रह आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै नेसनललाई सम्बन्धन दिने त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ । उनले माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न माग पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्