Logo

भारतसँग भएको समझदारीबारे प्रधानमन्त्रीसँग छलफल गर्छु – प्रचण्ड



बिराटनगर, १२ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने राजकिय भारत भ्रमणको क्रममा गरेका समझदारी प्रति सक्तासाझेदार दल माओवादी केन्द्र असन्तुष्ट देखिएको छ ।

खासगरि माओवादी केन्द्र कोशी उच्च बाँधमा समझदारी गरेको र फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्ति प्रति असन्तुष्ट बनेको हो ।

विराटनगरमा सोमबार पत्रकारहरुसँग कुराकानिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबाटजारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको जिकिर गरे ।

दाहालले भने,‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरें, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन, काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं।’

दाहाले अघि थपे,‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन,देशलाई आवश्यक परे फेरि बहस गरौंला, अहिले यो बहस आवश्यक नै छैन।’



प्रतिक्रिया दिनुहोस्