Logo

दोक्लामबाट भारतीय सेना फिर्ता, चिनियाँ सेना नियमित गस्तिमै



काठमाडौं १२ भदौ। चीन–भुटान सीमाको दोक्लाममा जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले जानकारी दिएको छ। भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘ती संवादहरुमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’

दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुततर रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ, उक्त विषयलाई लिएर थप संवादहरु जारी छन् ।’



प्रतिक्रिया दिनुहोस्