Logo

राहतमा राज्यले विभेद गरेको भन्दै द्वन्द्वपीडित सुरक्षकर्मीका परिवार आन्दोलनमा



काठमाठौ १२ भदौ । राहत वितरण र न्यायमा राज्यले विभेद गरेको भन्दै द्वन्द्वपीडित सुरक्षकर्मीका परिवार आन्दोलनमा उत्रिएका छन् ।

पीडित प्रहरी, सेना र सशस्त्र प्रहरीका परिवार आन्दोलनमा उत्रेका हुन् । सरकारसँग विभिन्न माग राख्दै सत्य निरुपण तथा मेलमिलाप आयोग परिसरभित्र धर्ना समेत दिएका छन् ।

‘माओवादी पक्षलाई राहतस्वरुप दस लाख दिइएको र आफुहरुलाई दुई लाख ५० हजार दिएको भन्दै द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार राज्यले विभेद गरेको आरोप लगाएका छन् ।

राज्यले विद्रोही पक्षका छोराछोरीलाई छात्रवृत्ती दिएको, जागिर दिएको तर आफूहरुलाई द्वन्द्व पीडित ऐनमा पनि नसमेटेको सुरक्षाकर्मी परिवारले गुनासो गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्