Logo

पूर्वमन्त्री लेखकद्वारा महाकाली पुल निर्माणस्थलको निरीक्षण



भीमदत्तनगर, १४ भदौ । पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा बन्ने चार लेनको पक्की पुल निर्माणस्थलको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

भीमदत्तनगरपालिका–१२ ओदालीस्थित पुल निर्माणस्थलमा पुगेर उहाँले निरीक्षण गर्नुभएको हो । आठ सय मिटर लम्बाई रहेको सो पुल शिलान्यासका लागि बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुर आइपुग्ने कार्यक्रम तय भएको छ ।

कञ्चनपुर क्षेत्र नं– ४ का सांसदसमेत रहनुभएका पूर्वमन्त्री लेखकले पुलसँगै निर्माण हुने ६ लेनको सडक निर्माणमा सहयोग पु¥याउन स्थनीयवासीसँग आग्रह गर्नुभयो ।

यो पुल निर्माण भएपछि कञ्चनपुरको आर्थिक क्रान्तिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गर्दै उहाँले पुलसंँगै दोधारा चादँनीमा सुख्खा बन्दरगाहसमेत निर्माण हुने हुँदा यो पश्चिमको ठूलो व्यापारिक नाकाका रुपमा विकास हुने बताउनुभयो ।

महाकाली नदीमा पक्की पुल निर्माणका लागि पूर्वमन्त्री रमेश लेखक लामो समयदेखि प्रयासरत हुनुहुन्थ्यो । सरकारले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ ।

जसमध्ये रु १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा पुल निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्