Logo

एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका निम्ति अक्षयकोषको स्थापना



धनराज वास्तविक

काठमाडौं, १४ भदौ । शिक्षाराज्य मन्त्री शेषनाथ अधिकारीले कर्णालीको शिक्षाको लागि सरकारले प्रभावकारी निति अबलम्बन गरेको जानकारी दिएका छन् ।

कालिकोटका विद्यार्थीहरुको हित र हौसलाको लागि अक्षय कोष निमार्णको निम्ति सुन्दर कालिकोट, सम्मृद्ध कालिकोटले राजधानीको प्रज्ञाभवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्।

त्यस्तै नेपाल तरुणदलका महासचिव भूपेन्द्रजंग शाहीले कालिकोटमै बसेर सरकारी स्कुलबाट उकृष्ट अंक ल्याएका ५ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको जानकारी दिएका छन्।

महासचिव शाहीले भने,‘मैले सानोकामको थालनी गरेको छु, यो राजनीति गर्न, चुनाव जित्नको लागि होईन,केवल कालिकोटमा बसेर सरकारी विद्यालयमा पढेर उत्कृष्ट अंक ल्याउने विद्यार्थीको हौसला र प्रगतीको लागि यो काम सुरु गरेको छु, आज १ लाख रुपैयाको अक्षय कोष खडा गरिएको छ, यस कार्यमा सहभागि भएर उदार मनले कालिकोटको शिक्षा र यस क्षेत्रका विद्यार्थीको उज्वल भविषयको लागि साथ दिनको लागि आग्रह गर्दछु।’

२०७३ सालमा एसर्ईई दिएका मध्यबाट कालिकोट जिल्ला प्रथम हुन सफल भएकी सम्मृद्धि बोहरालाई १० हजार सहित सम्मान गरिएको छ, त्यस्तै अन्य ४ जना विद्यार्थीहरुलाई ५–५ हजारका दरले सम्मान गरिएको महामन्त्री शाहीले जानकारी दिएका छन् ।

अष्ट्रेलियामा रहदै आएका शिक्षा व्यवसायि एवम् समाज सेवि राम श्रेष्ठले यस अक्षय कोषको लागि १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । सम्मानित भएका विद्यार्थीहरुलाई सिद्धि टे«ड लिमिटेडले आईटि सम्बन्धित १५ दिनको लागि भारतमा भ्रमणमा लिने भएको छ।

तस्बिर – लंकराज धमाला



प्रतिक्रिया दिनुहोस्