Logo

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु



काठमाडौं, भदौ १५ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

गिरीका अनुसार दुई दिन अघि स्वाईनफ्लु आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ । -नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्