Logo

१२ सय कर्मचारी कानुनविपरीत काजमा : मरिहत्ते गर्छन् कर्मचारी



काठमाडौं १६ भदौ । सरकारले निजामति सेवा उैनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाउँदै आएको छ । विशेषज्ञ सेवा आवश्यक पर्दा छोटो समयका लागि काज पठाउने कानुनी व्यवस्था छ । तर कानुनी प्रावधानलाई मिच्दै कर्मचारीको फाइदाअनुकुल हुने गरी काजमा खटाउने प्रवित्रि बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो प्रवित्तिका कारण सेवाप्रवाह कमजोर भएको र कर्मचारी स्वार्थमा रमाउन थालेको आरोप कर्मचारीतन्त्रमाथि लाग्दै आएको छ ।  सामान्य प्रशासन मन्त्रालयकाअनुसार अतिरिक्त लाभ हुने आकर्षक निकाय, पढाइ, लेखाइ र अन्य बाहिरी कामलाई सहज पुग्ने कार्यालयमै जानकै लागि कर्मचारी काज सरुवाका लागि मरिहत्ते गर्छन् ।



प्रतिक्रिया दिनुहोस्