Logo

सिँचाई कुलो मर्मत नहुदा आकासे पानीको भरमा मसिकोट



कौरव खत्रीः गुल्मी १७ भाद्र । गुल्मीको पास्ती सिँचाई कुलोको उचित व्यवस्था नहुदा खेत सिँचाईमा निकै समस्या भएको छ। मसिकोट नगरपालिका १ पास्ती अरेवाको पास्तीखेत सिँचाई योजनाको सिँचाई कुलो भत्किदा र पहिरोले पानी सञ्चालनमा समस्या भएपछि उपभोक्क्ताहरुले खेतमा लगाएको धानखेती सिँचाईमा थप समस्या भइरहेको स्थानीय समाजसेवी रुद्र गिरीले जानकारी दिनुभयो ।

गत एक बर्ष अगाडी कुलो मुनिबाट मोटरवाटो निर्माणको क्रममा सिँचाई कुलोमा पहिरो गई कुलोमा उचित मर्मत संम्भार र व्यवस्थापन नभपछि कुलोमा बैकल्पिक रुपमा केही मात्रा भएपनि बल्लतल्ल बाँसका पाइप र प्लाष्ट्रिका पाइपबाट भएनी सानो कुलो सञ्चालन गरि पालो बाडेर खेत सिचाई गर्दा पाइपबाट आएको पानीले धानखेतीमा पुरा सिँचाई गर्न नसकिने हुदा आकासे पानीमा समेत भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी रुद्र गिरीले जानकारी दिनुभयो ।

साथै गिरीले भन्नुभयो सिँचाईको सहयोगको लागि पटक– पटक सम्वन्धित निकायमा निवेदन गर्दा पनि यसमा खासै सुनुवाई नभएको गुनासो समेत गर्नुभयो ।

सिँचाई अबरुद्ध हुदा ५२ घरधुरीहरुका उपभोक्क्ताहरुको १ हजार,२ सय मुरी धान उब्जनी धानखेतीको सिँचाईको लागि कुनै विकल्प नहुदा यती बेला आकासे पानीको भरमै बस्नु पर्ने बाध्यता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्