Logo

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग



पथरी मोरङ, १८ भदौ । मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद रु २८ हजार रकम पठाएर सहयोग प्रदान गरेका हुन् ।

राजघाट–५ रानाटोल घर भई मगर सङ्घ क्षेत्रीय कमिटी जापानकी कोषाध्यक्ष ममता राना मगरको अगुवाइमा आर्थिक सहयोग गरिएको हो ।

एक घर बराबर दुई हजारका दरले सो रकम प्रदान गरिएको स्थानीय सञ्चारकर्मी तेजेन खड्काले जानकारी दिनुभयो । ममताकी छोरी मीता राना मगर, उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्की सञ्चारकर्मी तेजन खड्का, हरि कोइराला, किशोर श्रेष्ठलगायतले उक्त रकम आज हस्तान्तरण गर्नुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्