Logo

फैलियो भाईरल : एकै गाउँमा ४ सय बिरामी



काठमाडौं २१ भदौ । गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ । गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ ।

नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका अनुसार थामडांडा गाउँभरी भाईरल फैलिएको छ ।

प्रभावित क्षेत्रमा दुईजना स्वास्थ्यकर्मी टोली खटाईएको छ ।, गाउँका ३,४ सय जना प्रभावित छन्, उनले भने, उपचार जारी छ । धेरैजसोमा रुघा, खोकी, ज्वरो र शरीर दुख्ने समस्या देखिएको अधिकारीले बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्