Logo

देशलाई अब समृद्धिको बाटोमा लैजानुपर्छ : महामन्त्री कोइराला



नवलपरासी, २१ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले अब देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं. ६ नवलपरासीद्वारा आज सुर्यपुरामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले देशको विकासका लागि राजनीतिक अस्थिरता आवश्यक रहेको जिकिर गर्दै अब राजनीतिक अस्थिरता आउँदै गएकाले सबै मिलेर राष्ट्रलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।

असंख्य सम्भावना रहेको नेपालमा अब चौतर्फी विकास गर्न आवश्यक देखिएकाले आगामी दिनमा सबै पक्ष एकजुट भई समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो ।

सोही कार्यक्रममा सिँचाइमन्त्री सञ्जय गौत्तमले नेपाल र भारतबीच देखिएको सिँचाइसम्बन्धी समस्या कुटनीतिक माध्यमद्वारा समाधान गरिने बताउनुभयो ।

मन्त्री गौतमले बाढीका कारण तराईमा देखिएको समस्याप्रति सरकार गम्भीर भएको बताउँदै बाढी प्रभावित समुदायलाई राहत वितरण तीव्ररुपमा भइरहेको उल्लेख गर्नुभयो ।

यसैबीच महामन्त्री कोइराला, मन्त्री गौतमसहितको टोलीले आजै नवलपरासीका विभिन्न क्षेत्रको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ । त्यस्तै टोलीले आजैे सुस्ता पुगेर सुस्ताको पछिल्लो समस्याबारे सुस्तावासीसँग जानकारी लिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्