Logo

माओवादीमा प्रवेश गरेकै दिन उम्मेदवारी बन्ने तीन भाग्यमानी



काठमाडौं २२ भदौ । माओवादीले अरु दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिइ प्रदेश नम्बर नम्बर २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिइएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।

राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिएको छ । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्