Logo

तस्करीको सुनमा व्यापारीहरूको ध्यान केन्द्रित



काठमाडौं २२ भदौ । सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । नाफा बढी

तस्करीको सुनको गुणस्तर राम्रो भएपछि व्यापारीले बैंकसँग सुन किन्न मन नपराउने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् ।

उनले भने, ‘भन्सार नतिरेका कारण तस्करी भएर आएको सुन सस्तो पनि भयो । त्यसमाथि शुद्धता बढी भएका कारण नाफा पनि बढी भयो ।’

अर्कोतर्फ गत जेठदेखि राष्ट्र बैंकले सानो परिमाणमा सुन किन्न पाउने व्यवस्था नगर्दासम्म व्यापारीले एक किलोभन्दा कम तौलको सुन किन्न पाउँदैनथ्ये । यसको फाइदासमेत तस्करले उठाउँदै आएका थिए । अहिले बैंकिङ च्यानलबाटै सय ग्रामसम्म सुन किन्न पाइन्छ ।

बैंक तथा व्यापारीबीच छलफल

बैंकिङ च्यानलबाट आएको सुनको गुणस्तरका विषयमा व्यापारीले प्रश्न उठाएपछि तत्कालीन वाणिज्य मन्त्रालयले बैंक तथा व्यापारीबीच छलफल सुरु गरेको थियो ।

सुनको गुणस्तर कायम गर्नेसम्बन्धी निर्देशिका ल्याउनसमेत मन्त्रालयले पहल गरेको थियो । तत्कालीन वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय ९९९९ अंकित सुन मात्र ल्याउन सहमति भएको बताउँछन् ।

यसअघि अर्थात् असारसम्म बैंकहरूले ९९।५० अंकित सुन ल्याउँथे । त्यस्तो सुनलाई २४ क्यारेट नै भनिए पनि आधा प्रतिशत कम शुद्धता हुन्थ्यो । बैंकहरूले त्यस्तो सुन ल्याए पनि व्यवसायीले भने उपभोक्तालाई २४ क्यारेटकै मूल्य लिने र दिने गरेका थिए ।

सुन आधा प्रतिशत कम भए पनि शुद्धतामा भने शून्य दशमलव ५ प्रतिशत कम हुने नेपाल सुन, चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्