Logo

संघीयता पहिचान र विकासको मेरुदण्ड होः नेता श्रेष्ठ



महोत्तरी, २३ भदौ । संघीयता भनेको फेसन नभई पहिचान र विकासको मेरुदण्ड रहेको नेकपा ९माओवादी केन्द्र० का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताउनुभएको छ ।

बिहीबार साँझ महोत्तरीको गौशाला नगरपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले संघीयताका लागि मधेशी जनताले विभिन्न समयमा आन्दोलन गर्दा देशमा संघीयता लागू भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आगामी मंसिरमा हुने दुई चरणको चुनावले देशमा संघीयता लागू हुने र सोबाट जनआन्दोलनका शहीदको सपना साकार हुने बताउनुभयोे ।

प्रदेश नं २ मा जनता माओवादी केन्द्रमा विश्वास गर्दै आएका कारणले धमाधम मधेशी नेता माओवादी केन्द्रमा प्रवेश गर्दै आउनु यसको प्रत्यक्ष उदाहरण रहेको धारणा राख्नुभयो ।

माओवादी केन्द्रले आगामी निर्वाचनमा पूर्णरुपमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्