Logo

नेवि संघ नेतृत्व एजेण्डा विहीन बन्दैछ: अर्जुन बम



काठमाडौं, २६ भदौ । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा सिटिइभिटिका संयोजक अर्जुन बमले नेवि संघको नेतृत्व एजेण्डा विहिन बन्दै गहिरहेको  टिप्पणी गरेका छन् ।

राजधानीको त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ मुगुले बिपि जयन्ती, बिजय दशमी दिपावलि तथा छटपर्वको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बमले नेपाली काँग्रेसको शक्तिशालि भातृ संस्था नेपाल विद्यार्थी संघ एजेण्डा विहिन बनेको दावि गरेका हुन।

उनले अघि थपे,‘विद्यार्थी हकहितका मुद्दा उठाउन नसक्नु नेतृत्वको ठुलो भुल हो, समयमै नेतृत्व नसच्चिए नेपाल विद्यार्थी संघ इतिहासकै सागुरो घडीमा पुग्ने देखिन्छ, लेखाइ र बोलाइमा गरिब र धनीबीचमा समान शिक्षा हुनुपर्छ भन्ने तर व्यबहारमा उतार्न नसक्ने, स्कुलका शुल्क बढेर आकास छोएको छ यस्तो अवस्थामा पनि नेवि संघले कुनै ठोक कार्यक्रम अघि बढाउन सकेको छैन्।’

कार्यक्रममा बोल्दै नेता बमले नेवि संघको अधिबेशन पछि नेपालको शिक्षा परिवर्तनमा विद्यार्थी र अभिभावकले जुन सपना देखेका थिए, ति सपना निराशतामा परिणत भएको बताएका छन्।

मुलुक नयाँ अवधारणामा अघि बढि सकेको भन्दै नेता बमले पुर्व विद्यार्थी नेताले गरेका कामलाई आजको दिनमा भाषणको रुपमा तिनै कामलाई सम्झेर अबको नेपाल विद्यार्थी संघ चल्न नसक्ने स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्