Logo

काव्य-मुशायराको ८ औँ श्रृङ्खला सम्पन्न



काठमाडौं, २५ भदौ । काव्य – मुशायराको ८ औँ श्रृङ्खला सम्पन्न भएको छ । संस्थाले ८ औँ श्रृङ्खलामा कवि असीम सागर र गजलकार राम अविरल विष्टलाई उभ्याएको थियो ।

१७ वर्ष भारतमा कामको सिलसिलामा बिताएका पलहरुको सम्झना गर्दै असीमले ‘चक्र’ शिर्षकको कविता सुनाएका थिए । त्यसपछि उनले
‘सडकको आवाज’ शिर्षको कविता वाचन गरे ।

शारिरीक अस्वस्थताका कारण घरमै आराम गरिरहेका जगलकार ज्ञानुवाकर पौडेलले असीमका कविता सुन्नकै लागि परिवारको कुरा नमानीकन मुशायरामा आएको बताए ।

श्रृङ्खलाको पहिलो चरणमा रामले गजल सुनाएका थिए । प्रेम प्रणय र मनोरन्जनात्मक शैलिमा लेखिएका रामका गजलले महोल तताएको आयोजकले जानकारी दिएको छ। अर्को तर्फ सामाजिक सन्देश प्रवाह गरिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्