Logo

बालदिवसकै दिन कञ्चनपुरमा १३ वर्षीय बालक चन्दको हत्या



कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली माविमा अध्ययनरत छात्र १३ वर्षीय तिकल चन्दको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली मावि कक्षा ८ मा अध्ययनरत १३ वर्षीय बालक चन्द गयराती मृत अवस्थामा फेला परेको प्रहरीले जानरीकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले हल्दुखाल निवासी चन्द गाउँकै खोला किनारको झाँडीमा मृत अवस्थामा फेला परेको बताएका छन ।

प्रवक्ता ज्ञान बहादुर सेठीलेका अनुसार तीन दिनदेखि विद्यालय गएका बालक बुधबार मृत अवस्थामा फेला परेका छन् । खेतमा घाँस काट्न गएका महिलाले गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गन्ध आएको क्षेत्रमा चेकचाँच गर्दा चन्दको शव कुहिएको अवस्थामा फेला परेको हो ।

सोही घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्यालयका प्रअ सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रअ शेरसिंह महरा, आशिष अधिकारी, विशाल चन्द, रमेश खड्का, प्रकाश थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

घटनालाई लिएर आफन्त र स्थानीयले शव समेत परिक्षण गर्न दिएका छैनन् । घटनाको मुख्य दोषी आशिष अधिकारी भन्दै स्थानीय र आफन्तलेको उनको घर घेराउ गरेका छन् ।

आक्रोशित भिडले आशिषको गोठमा आगो लगाइदिएका छन् भने भान्छाघर उखेलिदिएका छन् । आशिषका अभिभावकको समेत घटनामा संलग्न रहेको भन्दै स्थानीयले घटना लुकाउन खोजिएको आरोप लगाए ।

तिलकलाई मारेर आशिषले घरको सेप्टिट्याङकीमा लुकाएर राखेको र पछि मात्रै घर नजिकैको झाँडीमा फालिदिएको पीडितको भनाई छ । पीडित लगायत आफन्तले अधिकारीको घर घेरा हालेर दोषिलाई कारबाही नहुन्जेल लाश नउठाउने चेतावनी दिएका छन् ।

विद्यालय गएका छात्र विद्यालय समय भित्रै हराएर हत्या भएको भन्दै स्थानीयले घटनाका सबै दोषिलाई कानुनी कारबाहीको माग गरेका छन् । विद्यालयको लापरबाहीका कारण घटना घटेको स्थानीयको आरोप छ । दुवै कानमा सुनका बाली लगाएका तिलकको सुन समेत नभएको प्रहरीले कानकारी दिएको छ ।

सुनकै कारण हत्या हो, या के कारणले हत्या गरेको हो ? भन्ने बारेमा प्रहरीले अनुसन्धानबाटै खुल्ने बताएको छ । पीडित परिवार शोकाकुल भएका छन्, भने हप्तैपिच्छेका घटनाले स्थानीय चिन्तित बन्दै गएका छन् । स्थानीय प्रशासनले घटना स्थल र अधिकारीको घरमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्