Logo

अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन ?



काठमाडौं ३१ बैशाख । मन्त्रिपरिषदको साउन ३१ को बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गरेकोप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले यो निर्णय कपिलवस्तु जिल्ला अदालतले मानव अधिकार हननका दोषी भनी ठहर गरेका व्यक्ति लामाको पक्षमा आएकाले अदालतको आदेशको ठाडो उल्लंघन हो भन्ने समितिको ठहर छ ।

उक्त अदालतले गोरुसिंगे ब्यारेकमा जनकबहादुर राउतलाई चरम यातना दिएकोमा लामालाई दोषी ठहर गरी विभागीय कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको थियो ।

आजको नागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्