Logo

व्यवसायीलाई लाग्यो दशैं : खाद्यान्नमा गरे मूल्यवृद्धि



काठमाडौं १ असोज । दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् ।

मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् ।

व्यवसायीले चामल, गेडागुडी र खाने तेल, चिनी, जीरालगायत अन्य खाद्यान्मा मूल्य बढाएका छन् । आजको कारोबारमा छ ।

चामलमा मात्रै प्रतिबोरा एक सय देखि एक सय ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको उपभोक्ताहरु बताउँछन् ।

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने,

-मूल्य बढाउनुपर्ने अवस्था नरहे पनि बढी नाफा कमाउनका लागि व्यवसायीले बढाएका हुन् ।

-यसले उपभोक्तालाई प्रतक्ष्य मार परेको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार,

-खाने तेलमा ५ देखि १० रुपैयाँसम्म वृद्धि भएको छ ।

-जिरा प्रतिकेजी ३० देखि ४० रुपैष्याँसम्मले बढेको छ ।

-गेडागुडी र दालमा सामान्य मूल्यवृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्