Logo

रामेछाप कलाकार समाजद्धारा स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



काठमाडौं, ०१ असोज । रामेछाप साँस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान एवम् दशैँ तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। समाजले राजधानीमा शनिबार एक कार्यक्रम गरि कलाकार  तथा समाजका ख्यातिप्राप्त व्यक्तिहरु सम्मान गरेको छ।

रिपोर्टर्सनेपालसँग कुरा गर्दै समाजका अध्यक्ष प्रकाश कटुवालले राष्ट्र सेवक वेदबहादुर कार्की, अभिनेत्री मिथिला शर्मा, सर्जक नारायण रायमाझी, लोक गायक रेशम थापा, पत्रकार मात्रिका पौडेल, खेलाडी भावना सुनुवार, लोक गायिका सीता थापा, लोक गायक रोज मोक्तान, अमृतबहादुर सुनुवार र लोक गायक राजेन्द्र कुमार कार्कीलाई बिशेष सम्मान गरिएको जानकारी दिएका छन्।

अध्यक्ष कटुवालले भने,‘रामेछापमा जन्मिएर दुशका विभिन्न भागमा रहेर कला, संस्कृति, समाजको लागि योग्दान दिईरहेका विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा खुसि लागेको छ, रामेछाप जिल्लासँग जोडिएर बिभिन्न ठाउँलाई कर्मथलो बनाउँदै जिल्ला तथा देशलाई नै चिनाएका कलाकारहरुलाई सम्मान गरेका छौँ, यो सम्मानले अझैपनि भावि दिनहरुमा रामेछापलाई मात्रै नभएर मुलुकलाई नै चिनाउनको लागि अहम भूमिका खेल्नु हुनेछ, त्यो भूमिका उहाँहरुको रहने छ।’

कार्यक्रममा रमेश दुलाल, गायिका साबित्री जोशी, अमृत खाती, मोडल एलिना रायमाझी, गायिका तथा मोडल सिर्जु अधिकारी, गायिका भुमिका गिरी, कमल सरगम, लगायत कलाकारलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रमका प्रमुख अतिथि गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले सम्मानित ब्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्