Logo

अमर विरही एकल साँझ सम्पन्न



काठमाडौं, १ असोज । तुम गुरुङ कलाकार समाज तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको संयूक्त आयोजनामा अमर विरही गुरुङ एकल सााझ सम्पन्न भएको छ ।

राजधानीको कमलदी स्थित प्रज्ञा भवनमा आयोजित एकल साँझमा गुङले ४० साल पहिले गायका तथा रचना गरिएका लोकगीत प्रस्तुत गरेका थिए ।

एकल साँझका प्रमुख अतिथि एवम् सञ्चार सचिव महेन्द्रमान गुरुङले लोक गीतको संरक्षणको लागि यस्ता एकल साँझको आयोजना हुनपर्ने बताए ।

उनले भने,‘तमु कलाकार समाजले अमर विरही एकल साँझ गर्यो, यस कार्यलाई लोक तथा दोहोरी गीत प्रतिष्ठाने सहयोग गर्यो, आगामी दिनमा पनि यि प्रयासहरु बढाउदै जानुपर्छ, यसमा मेरो पूर्ण साथ छ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रािष्ठानका संस्थापक अध्यक्ष समेत रहेका अमर विरही गरुङले सेति दोभान, गोगनपानिमा, मारी घुम्यो फुलको रसैमा, लगायत दर्जन बढि गीत प्रस्तुत गरेका थिए।

तस्बिर-राधिका हमाल

 

 



प्रतिक्रिया दिनुहोस्