Logo

२ नम्बरमा ५ पार्टीबीच तीव्र प्रतिस्पर्धा : ४ नगरमा सबैको चासो



काठमाडौं ४ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको मतदान सकिएसँगै मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।

मतगणना भएका स्थानीय तहमा शुरुआती परिणाम मिश्रितरुपमा आएको छ ।

जसमा कांग्रेस, एमाले, राजपा नेपाल, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

२ नम्बर प्रदेशका वीरगञ्ज महानगर, जनकपुरसहित कलैया र जितपुरसमिरा उपमहामनगरको नतिजा कसको पक्षमा आउने हो सवत्र चासो बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्