Logo

अस्पताल दिनभर तनावग्रस्त: अप्रेसनामा मिर्गौला झिक्दा मृत्यु



काठमाडौं ९ असोज । डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बन्यो ।

पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ बर्षीया ललिताकुमारी चौधरीको उपचारको क्रममा शनिबार निधन भएको थियो । चौधरीलाई सामान्य अवस्थामा साउन १७ गते किस्टमा भर्ना गरिएको थियो । आजको कान्तिपुरमा यो खबर छ । उनको पत्थरीको अप्रेसना क्रममा समस्या देखिएको भन्दै मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप छ । भर्ना भएको एक सातापछि चौधरीको पत्थरीको अप्रेसन भएको थियो ।मृतकका दाइ रामस्वागतले विरामीको अवस्थामा सुधार नआएपछि अर्को अस्पतालमा रिफर गर्न आग्रह गर्दा अस्पतालले अस्वीकार गरेको बताए । पत्थरी निकाल्ने क्रममा पीप फेक्सोसम्म फैलिएकाले बिरामीको अवस्था नाजुक बनेको अस्पतालको भनाइ छ ।उपचारमा संलग्न डा. कुशल कार्कीले चौधरीको दायाँ मृगौलामा पत्थरी देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस्