Logo

जम्मा ६ स्थानको नतिजा आउन बाँकी, कसको कति ?



काठमाडौं ९ असोज । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा जम्मा ६ स्थानको नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म १३० स्थानको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् । नेकपा एमाले १७, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् । पछिल्लो परिणामअनुसार रौतहटको गरुडा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका इन्दु राय यादव विजयी भएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा एमालेका बसन्तकुमार मिश्र ५०४२ मत ल्याएर विजयी भए । उपमेयरमा नेपाली कांग्रेसकी निरु पोखरेल ४७५८ मतसहित विजयी भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्