Logo

राजविराजको मेयरमा १५ मतको अन्तरले राजपाका शम्भु यादब विजयी



काठमाडौं १२ असोज ।
राजविराज नगरपालिकाको मेयर र उपमेयरमा राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ । मेयरमा राजपाका शम्भु यादब र उपमेयरमा राजपाकी साधना झाले जित हासिल गरेका हुन् ।

मेयरमा शम्भुले प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार भिमराज यादबलाई १५ मतले पछि पार्दै नेपालकै पहिलो टाउन प्लानिङ नगर राजविराजको मेयर बन्न सफल भएका हुन् । मेयरमा निर्वाचित शम्भुले ४ हजार ७ सय ७४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरम नेपालका भिमराजले ४ हजार ७ सय ५९ मत प्राप्त गरे ।

गणनाको अनितम समयमा मेयर पदका २ उम्मेदवारबीच मतान्तर कम रहँदा परिणामको ब्यग्रतापूर्वक प्रतिक्षा गर्न राजपा र फोरमका कार्यकर्ताहरु मतगणनास्थल वाहिर बाक्लिएका थिए । मेयरमा पराजित फोरमका उम्मेदवार भिमराज यादब २ महिना अघि मात्र राजपा परित्याग गरि फोरम नेपालमा प्रबेश गरेका थिए ।

यस्तै उपमेयरमा राजपा नेपालकी साधना झा ९ सय २६ मतअन्तरले विजयी भएकी छिन् । झाले ५ हजार १ सय ९५ मत प्राप्त गर्दै विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्दी संघीय समाजवादीकी किरण साहले ४ हजार २ सय ६९ मत पाइन् । राजविराजको मतगणना सकिएसंगै स्थानीय तहको तेश्रो चरणको निर्वाचन पनि सफलतापूर्वक समपन्न भएको छ । वडाध्यक्षको उम्मेदवारको मृत्यु भएका कारण राजविराज नगरपालिका वडा नम्बर १५ मा असोज २ गते निर्वाचन स्थगन भएको थियो । उक्त वडामा असोज ५ गते मात्र निर्वाचन भएको थियो । एउटा वडामा मतदान समय सरेकाले मतगणनाको परिणाम आउन ढिलो भएको हो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्