Logo

धनकुटा रिपोर्टर्स क्लबको अध्यक्षमा घिमिरे



धनकुटा २१ असोज । बिनोद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय धनकुटा रिपोर्टर्स क्लब नेपाल साखाको पुनःगठन गरेको छ ।

रिपोर्टर्स क्लव नेपालका केन्द्रिय सदस्य तथा पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीको प्रमुख आथित्यमा गठन गरिएको रिपोर्टस क्लव धनकुटाको उपाध्यक्ष्मा सरिता राई, सचिवमा बिदुर खवास, सहसचिवमा यानिन्द्र तिगेला, कोषाध्यक्षमा नारायण आठपहरिया र सदस्यहरुमा कविराज घिमिरे, माया राउत, सर्मिला राई, दुर्गा निरौला रहेकी छन् ।

यसैगरी उक्त भोलाले रिपोर्टर्स  क्लव नेपाल साखा धनकुटाको सल्लाहकारमा राजेश्वर वहादुर श्रेष्ठ,विजय सन्तोषी राई,नगेन्द्र राई र सन्तवीर लामा समेत चयन गरेको छ ।

उक्त भेलामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा रिपोर्टस क्लवका केन्द्रिय सदस्य गोपाल वराईली,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष नगेन्द्र राई, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले पत्रकारहरु समाजका ऐना भएकाले समाज रुपान्तरणका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोडदिए ।

रिपोर्टर्स क्लव धनकुटा शाखाले धनकुटाको विकास र सर्मद्धीका लागी र जनतालाई सुसुचित गराउनका लागी समसामयिक विषयमा समय समयमा अन्र्त्क्रिया,छफल तथा पत्रकार सम्मेलनको आयोजना गरिरहने नवनिर्वाचित अध्यक्ष बिनोद घिमिरेले बताए।



प्रतिक्रिया दिनुहोस्