Logo

हत्या अभियुक्त पनि एमालेको उम्मेदवार



cpn-uml-1

काठमाडौं २४ असोज । दुई ब्यक्तिको हत्या अभियोगमा थुनामा रहेको अभियुक्तको नाम पनि एमाले धनुषाले उम्मेदवारमा सिफारिस गरेको छ ।

एमालेले धनुषाबाट प्रतिनिधसभा र प्रदेशसभा सदस्य उममेदवारका लागि ७० जनाको नाम सिफारिस गरेकोमा थुनामै रहेका हत्या अभियुक्तको नाम पनि परेको हो ।

प्रतिनिधिसमा ८ निर्वाचित क्षेत्र रहेको धुनाषाबाट प्रत्यक्षतर्फ ३४ र समानुपातिक तर्फ ३६ उम्मेदवारको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्